४ साउन,काठमाडौं । नेपाल केनशिनकान कराते संघको आयोजनामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।
आगामी भदौ ४ गते शनिबार नेपाल केनशिनकानको केन्द्रिय कार्यालय बनेपामा प्रतियोगिता हुने छ ।
नेपाल फुल कन्ट्याक्ट कराते महासंघको सहयोगमा हुन लागेको प्रतियोगितामा विभागीय टिमहरु, विभिन्न कराते संघ तथा डोजोबाट करिब २५० जना खेलाडी सहभागी हुने संघले जनाएको छ ।
प्रतियोगितामा महिलातर्फ ३५ केजी तौलमुनि, ४५ केजी तौलमुनि, ५५ केजी तौलमुनि र खुल्ला गरि चार विधामा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा प्रत्येक तौल समुहबाट प्रथम हुने खेलाडीलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार तथा तेस्रो हुने खेलाडीलाई ५ हजार सहित ट्रफि र प्रमाणपत्र दिइने छ ।
प्रतिक्रिया 4