
४ साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट हार्डवेयर पार्टस् तथा खुद्रा सामानहरू लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।
बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको ना.६ ख ६६६७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
साउन ३ गते राति १० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १५ भानुचोक स्थित सडकखण्डमा ना.६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस समेत फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान ६७ लाख ५२ हजार ९ सय ९८ रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4