
५ साउन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)ले करार शिक्षक तथा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट पदपूर्ति समितिले तीन उप-प्राध्यापक, मुख्य सहायक प्रशासन, मुख्य सहायक कम्प्युटर प्राविधिक, मुख्य सहायक रिसेप्सनिस्टमा एक एक जना गरी ६ पदमा आवेदन आह्वान गरेको छ ।
पदपूर्ति समितिले योग्यता पुगेका इच्छुक उम्मेदवारले नियमित दस्तुरमा भदौ ८ गते अपराह्न ५ बजेसम्म तथा डबल दस्तुरमा भदौ १५ गते सम्ममा मुसोम प्रशासनमा दरखास्त बुझाउन सकिने उल्लेख गरेको छ ।
दरखास्त फाराम मुसोमको प्रशासनिक कार्यलयबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4