
५ साउन, काठमाडौं । नेकपा एमालेका सांसद भानुभक्त ढकालले मतदाता नामावली संकलन प्रत्येक पालिकाको केन्द्रबाट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय परिचय पत्र बनाउँदा नै मतदाता नामावलीमा नाम रहने व्यवस्था मिलाउन पनि उनले ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै ढकालले मतदाता नामावलीबारे ध्यानाकर्षण गराएका हुन् ।
हाल निर्वाचन आयोगले जिल्लाहरुबाट मतदाता नामावली संकलन कार्य जारी राखेको छ । हाल काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, मोरङ, झापा र काभ्रे गरी ८ जिल्लाबाट अनलाइनमार्फत मतदाता नामावलीका लागि फारम भर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य गत असार १ गतेदेखि सुरु जारी राखेको छ । यो काम निर्वाचनको मिति घोषणा नहुन्जेलसम्म जारी रहन्छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा हुने सम्भावना छ ।
प्रतिक्रिया 4