
५ साउन, सुर्खेत । भेरी नदीमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । बराहताल गाउँपालिका–२, पाक्माका ४५ वर्षीय भीमबहादुर मन्दिरको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
परिवारका सदस्यका अनुसार उनी बुधबार बिहान ९ बजे सिस्नेरी जान्छु भन्दै घरबाट डुङ्गा (नाउ) लिएर निस्किएका थिए । लामो समयसम्म घर नफर्केपछि भेरी नदीमा खोजतलास गर्दै जाँदा बुधबार साँझ उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी हिराबहादुर पाण्डेका अनुसार उनको शव भेरी नदी अन्तर्गत सिस्नेरीबाट झण्डै ५ किलोमिटर पश्चिमतर्फ बराहताल गाउँपालिका–४ को चोक्टे भन्ने ठाउँमा फेला थियो ।
घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको एसपी पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4