+

करिअरकै पहिलो ओभरमा ब्रासवेलको ह्याट्रिक

२०७९ साउन  ५ गते १४:४० २०७९ साउन ५ गते १४:४०
करिअरकै पहिलो ओभरमा ब्रासवेलको ह्याट्रिक

५ साउन, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर माइकल ब्रासवेलले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो करिअरको पहिलो ओभरमै ह्याट्रिक लिएका छन् ।

आयरल्याण्डसँगको दोश्रो टी–२० अन्तर्राष्ट्रियमा ३१ वर्षका उनले आफ्नो करिअरको पहिलो ह्याट्रिक लिएका हुन् ।

आयरल्यान्डविरुद्ध १४ औं ओभरको तेश्रो, चौथो र पाँचौ बलमा उनले लगातार विकेट लिएका हुन् ।

२७ रन बनाएका मार्क आदिरलाई उनले १३.३ ओभरमा ग्लेन फिलिप्सबाट क्याच गराए । चौथो बलमा ब्यारी म्याकार्थी फिलिप्सकै हातबाट ११ रनमा क्याच आउट भए ।

पाँचौं बलमा प्वाइन्टमा क्रेग योंगलाई ईश सोधीबाट क्याच गराउँदै उनले टि–२० करिअरको पहिलो ओभरमै ह्याट्रिक गरेका हुन् ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १३.५ ओभरमा ९१ रनमा अल आउट भयो । आयरल्यान्डका मार्क आदिरले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए ।

न्युजिल्यान्डबाट टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गर्ने माइकल तेस्रो खेलाडी हुन् । यसअघि ज्याकोब ओराम र टिम साउथीले ह्याट्रिक गरेका थिए ।

न्युजिल्याण्ड क्रिकेट माइकल ब्रासवेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय