
५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ ।
आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।
सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुन: ७ दिन थप भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । त्यसलाई बैठकले अनुमोदन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4