+

अफ्रिकन फुटबलर अफ दी इअरको मनोनयनमा सलाह, माने र मेन्ड्री

२०७९ साउन  ५ गते १६:४० २०७९ साउन ५ गते १६:४०
अफ्रिकन फुटबलर अफ दी इअरको मनोनयनमा सलाह, माने र मेन्ड्री

५ साउन, काठमाडौं । अफ्रिकाको उत्कृष्ट फुटबलरको मनोनयनमा मोहमद सलाह, साडियो माने र एडुअर्डो मेन्डी परेका छन् ।

अफ्रिका फुटबल महासंघ (काफ) ले २०२२ को अफ्रिकन फुटबललर अफ दि इअरको अवार्डका लागि तीन जनाको अन्तिम सूची सार्वजनिक गरेको हो ।

सलाह र माने लिभरपुलमा योर्गन क्लोपको मुख्य खेलाडीको रुपमा रहेकोले उपाधिको दाबेदारको रुपमा छन् ।

दुवैले कारावाओ कप र एफएफ कप जितेका थिए भने लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएको थियो । यस्तै प्रिमियर लिगमा पनि उनीहरु उपविजेता बनेका थिए ।

यस्तै मानेले आफ्नो राष्ट्र सेनेगललाई अफ्रिकन कपको उपाधि जिताएका थिए । गोलकिपर मेन्डीले पनि सेनेगेलबाट अफ्रिकन कप जितेका छन् । पेनाल्टी सुटआउट उनै मेन्डी निर्णायक बनेका थिए ।

चेल्सीमा थोमस टुचेलको पहिलो रोजाइको गोलरक्षक रहे पनि मेन्डीले क्लब लेभलमा भने सालाह र मानेको जस्तो उपाधि उचालेका छैनन् । मेल्डी खेल्ने क्लब चेल्सी कारावाओ कप र एफए कप दुवैमा लिभरपुलसँग फाइनलमा पराजित भएको थियो ।

मोहमद सलाह साडियो माने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय