
फाइल तस्वीर ।
५ साउन, सुर्खेत । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको पिलीमा पहिरो जाँदा बिहीबार दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार विहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने सवारी साधनहरु अलपत्र परेका थिए ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार स्थानीय तहसँग समन्वय गरेर पहिरो पन्छाइएको हो । सड्क सञ्चालनमा आएसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4