
५ साउन, काठमाडौं । सत्तारुढ दलका विद्यार्थी संगठनले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध कार्टुन प्रदर्शन गरेका छन् ।
नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेका एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै रहेको जिकिर गर्दै उनीहरुले गभर्नरलाई अवैध भनेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका नेताहरु ब्यानर र कार्टुन चित्र लिएर प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले गभर्नरले राजीनामा दिनुपर्ने पनि बताएका छन् ।
गभर्नर अधिकारीले भने एमालेको अर्थ तथा योजना विभागका सदस्य आफू नभएको बताएका छन् । एमालेले पनि आफ्नो विभागका सदस्य गभर्नर नभएको प्रष्टिकरण दिएको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4