
५ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले आआफ्नो पालिकामा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन प्रतिबद्धता व्यक्त गरेका छन् ।
पार्टीले काठमाडौंमा आयोजना गरेको दुई दिने प्रशिक्षणपछि बिहीबार जारी गरिएको १५ बुँदे प्रतिवद्धता पत्रमा समाजवाद निर्माणको अनिवार्य सर्तका रुपमा शिक्षा र स्वाथ्यलाई सुलभ बनाउने प्रतिबद्धता जनाएका हुन् ।
‘हामी आ—आफ्नो कार्यक्षेत्रमा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन प्रतिबद्ध छौं,’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘साथै स्वास्थ्य शिक्षाजस्ता आधारभूत मानवाधिकारको सुनिश्चित गर्न यसमा सार्वजनिक लगानी गराउन प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
त्यस्तै उनीहरुले ‘सादा जीवन, उच्च विचारका साथ जीवन बिताउँदै जनपक्षीय शैली’ अपनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4