+

यु-२० साफ च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

२०७९ साउन  ६ गते १२:१२ २०७९ साउन ६ गते १२:१२
यु-२० साफ च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

६ साउन, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाली टिम ३ बजे भारत प्रस्थान गर्ने छ ।

नेपाल अखिल फुटबल संघ( एन्फा)का पदाधिकार तथा राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव टंकलाल घिसिङले २३ खेलाडी र ८ अफिसियलसहितको टोलीलाई विदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा आयुष घलानलाई आधिकारिक रुपमा कप्तान घोषणा गरिएको छ । विभागीय टोलीसँगको अभ्यास खेलमा चोटग्रस्त भएका दीपेश राईको स्थानमा
फरवार्ड रोहित सुब्बालाई टिममा बोलाइएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले फरवार्ड रोहितलाई टिममा बोलाइएको जानकारी गराए । मुख्य प्रशिक्षक केसीले घोषणा गरेको २३ सदस्यीय टोलीमा रोहित अटाएका थिएनन् ।

नेपाली टोलीको बिदाइ गर्दै सदस्यसचिव घिसिङले नेपाली टोलीले राम्रो खेल्ने विश्वासका साथ शुभकामना व्यक्त गरे । उनले भने, ‘नेपालले केही खेलहरुमा बाहेक उमेर समुहमा राम्रो नतिजा ल्याउन सकेको छैन, मैले यो टोलीबाट ठूलो अपेक्षा गरेको छु ।’ उमेर समूहको प्रतियोगिताहरु जतिसक्दो धेरै गर्न पनि उनले एन्फालाई सुझाएका हुन् ।

नेपालले च्याम्पियनसिपको पहिलो खेल ११ साउनमा श्रीलंकासँग खेल्नेछ । त्यस्तै दोस्रो खेल १५ साउनमा भारत तथा १७ साउनमा बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोविनको खेलपछि अंकतालिकामा शीर्ष दुईमा रहने टोलीले २० साउनमा फाइनल खेल्नेछन् ।

नेपाली टिम 

गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेण्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिशेक वाइबा

मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्ड : रोहित सुब्बा, निरन्जन मल्ल, रोहन खड्गी ।

नेपाली फुटबल साफ यु-२०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय