
६ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा खुला तथा आन्तरिक बढुवा मार्फत दरबन्दी पदपूर्तिका लागि दरखास्त आवेदन खुला गरेको छ ।
पदपूर्ति समितिले आन्तरिक प्रतियोगिता मार्फत ११३ रिक्त दरबन्दीका लागि र खुला प्रतियोगिता मार्फत ७३ रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ ।
बोर्ड अन्तरगतका कार्यलयहरुमा रिक्त रहेका पदहरुमा सूचना जारी भएको ३० दिनभित्र नियमित शुल्कमा र थप ७ दिन भित्र दोब्बर शुल्कमा तोकिए बमोजिमको योग्यता पुगेका उम्मेद्वारहरुले राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा फाराम बुझाउन सकिनेले सूचनामा उल्लेख गरिएको छ ।
ज्येष्ठता र कार्य सम्पादन तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने आन्तरिक प्रतियोगिता मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले बोर्ड र बोर्ड अन्तर्गतका कार्यालयहरूमा कार्यरत योग्यता पुगेका कर्मचारीहरुलाई दरखास्त दिन आह्वान गरेको छ ।
प्रतिक्रिया 4