
काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहलाई मान्छेको ध्यान कसरी तान्ने राम्रोसँग थाहा छ । लाइमलाइट चोर्ने कुरामा उनी सिपालु छन् ।
फेसन र अभिनयका नानाथरी अन्दाजमा उनी आकर्षक पनि देखिन्छन् । यहाँनिर उनको एउटा न्युड फोटोसुटले बलिउड तरंगित बनेको छ । सँगै बहस पनि सुरु भएको छ, न्युड फोटोसुट श्लील वा अश्लील ?
पेपर म्यागजिनका लागि रणवीरले खिचाएका तस्वीरलाई लिएर सामाजिक सञ्जाल विभाजित छ । उनी सामाजिक सञ्जालमा ट्रोल पनि भइरहेका छन् । उक्त म्यागजिनले रणवीरलाई बलिउडका अन्तिम सुपरस्टार भन्दै तस्वीर सेयर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4