
रोह्तो मेन्थोलाटम नेपालले काठमाडौंमा रहेको दृष्टि आई सेन्टरलाई रोह्तो इन्ट्रा अकुलेर लेन्स प्रदान गरेको छ । दृष्टिविहीन ५ जनालाई आँखाको विशेषज्ञ डा. सविता पालिखे र डा. भाइराजा श्रेष्ठको टोलीले शल्यक्रिया गरेर दृष्टिक फर्काएको थियो ।
रोह्तो जापानबाट ५ दिने औपचारिक भ्रमणका लागि नेपाल आएका सुनसुके सिनोडा कार्यक्रममा उपस्थित थिए । उनले अन्धोपन उन्मूलन गर्ने प्रयासलाई समर्थन गरे ।
रोह्तो नेपालले जनताको स्वास्थ्य, सुखी समुदाय र राष्ट्रमा योगदान दिने कर्पोरेट सामाजिक उत्तरदायित्वलाई अनुभूति गर्दै भविष्यमा पनि दृष्टि आँखा केयर सेन्टरलाई सहयोग जारी राख्ने वाचा गरेको छ ।
रोह्तो नेपालले कीर्तिपुर आँखा अस्पतालमा विपन्न तथा न्यून आय भएका बिरामीका लागि निःशुल्क मोतियाबिन्दु शल्यक्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4