
६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना दिएका छन् ।
देउवाले ट्वीट गर्दै नेपाल सरकार र नेपाली नागरिकको तर्फबाट बधा तथा शुभकामना व्यक्त गर्दछु भनेका छन् ।
देश आर्थिक संकटमा फसेपछि नागरिकमाझ अलोकप्रिय भएका प्रधानमन्त्री विक्रमसिंघेलाई बुधबार श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको थियो ।
६ कार्यकाल प्रधानमन्त्री बनेका उनले आफू राष्ट्रपति भए लगत्तै दिनेश गुणावर्धनेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4