
६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत व्याजदर १.५ प्रतिशतले बढाएको छ । मौदि्क नीतिमार्फत अन्तिम ऋणदाता सुविधा रुपमा रहेको बैंकदर कोभिडसँगै १६ चैत २०७६ मा ६ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएकोमा गत आवको मौदि्रक नीति अर्धवाषिर्क समिक्षाबाट ७ प्रतिशत पुर्याएको थियो । अब त्यसलाई बढाएर साढे ८ प्रतिशत प्रतिशत पुर्याएको छ ।
यस्तै स्थायी तरलता सुविधा दर, निक्षेप संकलन दर र रिपोदर पनि वृद्धि गरेको छ । रिपो दर ७ प्रतिशत र निक्षेप संकलन दर ५.५ प्रतिशतमा पुर्याइएको छ । स्थायी तरलता सुविधा दर भने ८.५ प्रतिशत पुगेको छ ।
२०७६ चैतबाट ६ प्रतिशत रहेको ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ५ प्रतिशतमा झारेकेा थियो ।
गत मौदि्रक नीतिको अर्धवाषिर्क समिक्षाबाट ७ प्रतिशत पुयाएको थियो । करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई २ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपोदर ३.५ प्रतिशतबाट बढाएर ४ प्रतिशत र ५.५ प्रतिशत पुयाएको थियो ।
प्रतिक्रिया 4