
६ साउन, काठमाडौं । विदेश जाने नेपालीले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरिने भएको छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौदि्रक नीतिले यस्तो व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार विप्रेषणलाई औपचारिक माध्यमबाट स्वदेश भित्राएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा छुट हुने व्यवस्थाका लागि समेत यस वर्ष समन्वय हुने भएको छ ।
विदेशबाट आउने विप्रषणको दायरा फराकिलो बनाउन विद्यमान विप्रेषणसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने घोषणा समेत नेपाल राष्ट्र बैंकले गरेको हो ।
सूचना प्रविधि लगायत सेवा निर्यात गरी परिवत्र्य विदेशी मुद्रा भित्राउने कामलाई प्रोत्साहन गर्न समेत आवश्यक नीतिगत व्यवस्था गरिने नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4