
६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पाउन स्थायी तरलता सुविधा (एसएलएफ) मा कडाइ गरेको छ । यसअघि ऋणपत्रको धितोमा बैंकहरुले दैनिक रुपमा आवश्यकता अनुसार स्थायी तरलता सुविधा लिएका बैंकहरुले अब भने सीमित मात्रामा मात्रै स्थायी तरलता सुविधा पाउने भएका छन् ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौदि्रक नीति सार्वजनिक गर्दै अघिल्लो कुल निक्षेपका १ प्रतिशत मात्रै एसएलएफ सुविधा दिने भएको छ ।
‘बैंक तथा वित्तीय संस्थालाई अघिल्लो हप्ताको अन्त्यमा कायम रहेको सम्बन्धित संस्थाको स्वदेशी मुद्रामा रहेको कुल निक्षेपको १ प्रतिशतभन्दा बढी बक्यौता नहुने गरी यस बैंकले तोकेको ऋणपत्रको धितोमा अधिकतम ५ दिनसम्म अवधिको स्थायी तरलता सुविधा बैंक दरमा उपलव्ध गराइने छ,’ राष्ट्र बैंकले मौदि्रक नीतिमा भनेको छ ।
उक्त व्यवस्था कार्यान्वयनको लागि विद्यमान कार्यविधिमा आवश्यक संशोधन गर्ने जनाएको छ ।
प्रतिक्रिया 4