+
+

एमालेले नेतृत्व गरेको भए कर्णालीको रुप रंग फेरिन्थ्यो : महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते १६:०८

७ साउन, सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले नेतृत्व गर्न नपाउँदा कर्णाली प्रदेश सरकार कमजोर भएको टिप्पणी गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार एमालेले आयोजना गरेको कार्यक्रममा उनले कर्णाली पछि पर्नुमा एमाले दोषी नरहेको बताए ।

‘एमालेले कर्णाली सरकारको नेतृत्व गरेको भए यहाँको रूपरंग फेरिन्थ्यो । जनताले संघीयताको फाइदा लिन सक्थे । अब एमालेले नेतृत्व लिएर समृद्ध कर्णाली निर्माणमा लाग्नुपर्छ’, उनले भने ।

महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा गद्दारी गरेको आरोप लगाए ।

उनले माओवादी र एकीकृत समाजवादीका नेताहरुलाई एमालेमा फर्किन र बलियो कम्युनिष्ट आन्दोलन निर्माण गर्न आवश्यक रहेको बताएका छन् । ‘अहिले माओवादी र एकीकृत समाजवादीमा रहेका साथीहरु प्रचण्ड, माधवको नेतृत्वमा होइन, कमरेड ओलीको नेतृत्वमा आउनुहोस्’ उनले भने ।

नेपालको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको समेत पोखरेलले बताए । एउटा केपी ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटौ नै नेपाली राजनीतिको बाटो भएको उनको तर्क छ । ‘त्यो भित्रपनि जनताको बहुदलीय जनवादको बाटो नै उपयुक्त हो । प्रचण्ड–माधव त देउवाकै बाटोमा हुनुहुन्छ । उहाँहरुको बाटो छैन’ पोखरेलले भने ।

प्रचण्ड र माधव नेपालले देउवाको बाटोमा हिँडेर एमालेको नेतृत्वमाथि आक्रमण गरिरहेको आरोप समेत लगाए । ‘गठबन्धन नामको निश्चित स्वार्थ समूहको झुण्ड छ । यसको एकमात्र उद्देश्य भनेको नेकपा एमालेलाई रोक्नेमात्रै हो’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?