
८ साउन, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका-२ मोतीपुरमा सडक छेउमा रोकिएको बा२१च २९०३ नम्बरको जीपसँग क१प१५९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक जुम्लाको तातोपानी गाउँपालिका-१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको हो । सख्त घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायत घाइते भएका छन् । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4