
काठमाडौं । भारत सरकारले ६८ औं राष्ट्रिय फिल्म अवार्ड घोषणा गरेको छ । जसमा ‘तान्हाजी : द अनसङ वारियर’बाट अजय देवगण र ‘सोरारई पोटुरु’बाट दक्षिण भारतीय सुपरस्टार सुरियालाई सर्वोत्कृष्ट अभिनेताको अवार्ड मिलेको छ ।
‘सोरारई पोटरु’लाई पाँच विधामा अवार्ड प्राप्त भएको छ भने सर्वोत्कृष्ट हिन्दी फिल्म ‘तुलसीदास जुनियर’ बन्यो ।
‘सोरारई पोटरु’बाट अर्पणा बालमुरलीलाई सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पनि मिल्यो । ‘सोरारई पोटरु’ यस्तो एक फिल्म हो जसले आममान्छे आकाशमा उडिरहेको सपना देख्छ ।
ऊ आफ्नो परिवार, मित्र र संकल्पका कारण संसारको सबैभन्दा ठूलो उद्योगलाई आफ्नो नाममा बनाउँछ । यो तमिल फिल्म ब्लकबस्टर सावित भइसकेको छ । यति मात्र हैन, ७८ औं गोल्डेन ग्लोब्स अवार्डमा यो फिल्म विदेशीभाषीतर्फको विधामा मनोनित भएको थियो । फिल्मको कथा क्याप्टेन गोपीनाथको जीवनमा आधारित छ ।
‘तुलसीदास जुनियर’ फिल्म चाहिं एक स्पोर्ट्स ड्रामा हो । जसमा १३ वर्षीय एक बालकको कथा समेटिएको छ । बालक जसले स्नुकर खेलमा पिताको हारको बदला लिन्छ ।
सञ्जय दत्त, राजीव कपुर र वरुण बुद्धदेव फिल्मको मुख्य भूमिकामा छन् भने निर्देशन मृदुल गुप्ताले गरेका हुन् । यो फिल्म राजीव कपुरको अन्तिम फिल्म समेत हो ।
प्रतिक्रिया 4