
काठमाडौं । दीया पुनको मुख्य भूमिका रहने नयाँ फिल्म ‘अन्तिम संस्कार’को औपचारिक शीर्षक र लोगो पोस्टर सार्वजनिक भएको छ ।
आइतबार इन्स्टाग्राम र आधिकारिक वेबसाइटमार्फत पोस्टर सार्वजनिक गर्दै दीयाले फिल्मको सिनोप्सिस (सारांश) पनि उल्लेख गरेकी छन् । हराएको फिल्म निर्मातालाई खोज्न निस्किएको एक जँड्याहा प्रहरी अधिकृतको टोली र उक्त खोजीमा आइलाग्ने हिमाली परम्परागत संस्कारको रहस्य वरपर फिल्म घुम्ने उल्लेख छ ।
प्रदीप शाहीको पटकथा तथा निर्देशन रहने फिल्ममा दीयासहित विजय लामा, एवनराज उप्रेती र त्रिचु राईको मुख्य भूमिका हुनेछ । साइ प्रोडक्सन नेपालको ब्यानरमा फिल्म निर्माण हुने भएको हो ।
दीयाको अघिल्लो फिल्म मन्त्र वैशाखमा प्रदर्शनमा आएको थियो । लगत्तै उनी सगरमाथा आरोहणमा निस्किएकी थिइन् । हिमाल चढेपछि उनको अहिलेको व्यस्तता फिल्म अन्तिम संस्कारको तयारीमा छ ।
प्रतिक्रिया 4