
६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा माछापुच्छ्र बैंकले दुई अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले दुई अर्ब १६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्ल्लो आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ६० करोड ७५ लाख नाफा कमाएको बैंकले गत आबमा ३४.३४ प्रतिशतले नाफा बढाएको हो ।
बोनस सेयर मार्फत चुक्ता पूँजी वृद्धि बैंकले नाफा सँगसँगै प्रमुख वित्तीय सूचकमा पनि सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ रुपैयाँ ६७ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा बढेर २१ रुपैयाँ ०७ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँबाट बढेर १४५ रुपैयाँ ०७ पैसा पुगेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा ९ अर्ब ५ करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षमा १३.३० प्रतिशत बोनस सेयर दिएर १० अर्ब २५ करोड ७२ लाख रुपैयाँ पूँजी पुर्याउँदा पनि बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ बढेको हो ।
बैंकको सेयरधनी सञ्चित कोषमा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ३२ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षमा बैंकको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) बढाउँदा व्यवसाय विस्तारको तुलनामा खुद ब्याज आम्दानीसँगै नाफामा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ३.८२ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आर्थिक वर्ष २०७८/०७९ मा ४.३३ पुगेको छ ।
गत आर्थिक वर्षमा बैंकको निक्षेप एक खर्ब ३१ अर्ब ६१ करोड ८० लाखबाट १०.१९ प्रतिशतले वृद्धि भई एक खर्ब ४५ अर्ब २ करोड ६० लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी एक खर्ब १३ अर्ब ५७ करोड २० बाट १३.०४ प्रतिशतले बढेर एक खर्ब २८ अर्ब ५६ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ३५ करोड १५ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा ५ अर्ब ७ करोड ७० लाख गरेको छ ।
बैंकको ब्याज आम्दानीसँगै सम्भावित कर्जा जोखिमवापतको प्रोभिजन अघिल्लो आर्थिक वर्षको तुलनमा उल्लेख्य रुपमा घट्दा नाफा बढेको हो । अघिल्लो आर्थिक वर्षमा ४९ करोड ७८ लाख प्रोभिजन गरेको बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा प्रोभिजन रकम घटाएर २४ करोड २० लाख मात्रै प्रोभिजन गरेको छ । बैैंकको कर्मचारी खर्च १ अर्ब ७६ करोड ९५ लाखबाट बढेर १ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै बैंकको सञ्चालन मुनाफा २६.७५ प्रतिशतले वृद्धि भएर तिन अर्ब १३ करोड दुई लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा बैंकले दुई अर्ब ४६ करोड ९५ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
यस्तै बैंकको आधार ब्याजदर -बेस रेट) ७.२६ प्रतिशतबाट बढेर ९.८६ प्रतिशत पुगेको छ ।
निष्त्रिmय कर्जा ०.६२ प्रतिशतबाट बढेर ०.८४ प्रतिशत पुगेको छ । यस्तै पुँजीकोष अनुपात १२ प्रतिशतबाट बढेर १३.४७ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षमा बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4