
सिड्नी । चर्चित नेपाली कलाकारहरुको प्रस्तुति रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ । अस्ट्रेलियाका सात सहरमा आयोजना हुने कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुति रहने छ ।
केबीसी अस्ट्रेलियाले आयोजनामा शुक्रबार पर्थबाट सुरु भएको टुर आइतबार लन्चचेस्टनमा हुँदैछ ।
यसलगत्तै ब्रिसबेनमा ३० जुलाई अर्थात् शनिबार कार्यक्रम हुने भएको छ । क्वीन्सल्याण्ड नेप्लिज कम्युनिटी सेन्टरको सहयोगार्थ हुन लागेको कार्यक्रममा तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधुनिक आवाज समेत गुञ्जिने आयोजक केबीसी अस्ट्रेलियाले जनाएको छ ।
अगस्ट १ मा मेलबर्नमा कार्यक्रम हुनेछ भने अगस्ट ५ मा राजधानी क्यानबेरामा कलाकारहरुले प्रस्तुति दिनेछन् ।
अगस्ट ६ का दिन अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा ‘तीन मेला विथ कमेडी नाइट्स’ नाममा कार्यक्रम हुनेछ । फन्टाष्टिक इभेन्ट सिड्नीको आयोजनामा यो कार्यक्रम ग्रानभिलस्थित हिमालयन प्यालेस हलमा हुनेछ ।
यसपछि अगस्ट ८ मा एडिलेडमा तीज धमाका २०७९ गरिनेछ । जसलाई गिरिश इभेन्टसले संयोजन गरेको छ । डोमपोलिस्कि सेन्टरमा हुने कार्यक्रमसँगै धमाका २०७९ अस्ट्रेलिया टुर सम्पन्न हुनेछ ।
प्रतिक्रिया 4