+

लस भेगासमा बार्सिलोनाले रियललाई हरायो

२०७९ साउन  ८ गते १३:४१ २०७९ साउन ८ गते १३:४१
लस भेगासमा बार्सिलोनाले रियललाई हरायो

८ साउन, काठमाडौं । नयाँ अनुबन्ध भएका खेलाडी राफिन्हाले गरेको एक मात्र गोलमा बार्सिलोनाले रियल मड्रिडलाई १-० ले पराजित गरेको छ ।

प्रि सिजन टुर अन्तर्गत हाल अमेरिकामा रहेका स्पेनमा दुई महारथी टोली लस भेगासमा भिडेका थिए । जहाँ ब्राजिलियन खेलाडी राफिन्हाले २७ औं मिनेटमा गोल गरे । उनी यसै महिनाको सुरुमा प्रिमियर लिग क्लब लिड्स युनाइटेडबाट बार्सिलोना आएका हुन् ।

रियलका एडर मिलिटाओको गलत पासमा राफिन्हाले गोल गरे । अमेरिकामा प्रि सिजनमा उनले बार्सिलोनाका लागि दुई गोल गरिसके ।

३३ वर्षीय पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले यसै खेलमार्फत बार्सिलोनाका लागि डेब्यु गरे । उनले पहिलो रोजाईँमा खेल सुरु गरेका थिए । मुख्य स्ट्राइकर करिम बेन्जेमा बिना नै मैदान उत्रेको रियलले धेरै अवसर बनाउन सकेन । खेलमा रियलका फेडरिक भेलभर्डेको प्रहार पोष्टमा लागेर फर्केको थियो ।

बार्सिलोना रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय