
काठमाडौं । क्लासिक टेकले देशैभर थप ३०० नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ । वर्षा मौसममा धेरै फाइबरसम्बन्धी समस्या आउने र बढ्दो ग्राहकको सुविधालाई ध्यानमा राखेर इस्टिमेट टाइम अफ रेस्पोन्स (ईटीआर) भित्र काम गर्न धेरै संख्यामा कर्मचारी नियुक्त गरेको कम्पनीले जनाएको छ ।
क्लासिक टेकको १०३ आउटलेटसँगै रहेका आफ्ना प्रयोगकर्ताका लागि सपोर्टको पहुँच बढाएको कम्पनीको भनाइ छ । क्लासिक टेकले आफ्नो आईपीटीभी अपडेट भर्सन १.१.२ पनि ल्याएको छ । कम्पनीका अनुसार १०० भन्दा बढी एचडी च्यानल र १०० एसडी च्यानलहरुमा पनि नयाँ फिचर ल्याएको छ । जसले टिभीमा हेर्दाको एक्सपेरियन्सलाई अझ राम्रो बनाउने र बफरिङ फ्रीको समाधान गर्नेछ ।
आगामी दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट न्यूनतम मूल्यमा दिने योजना रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4