
८ साउन, काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका- १ सल्लाघारीमा २४ घन्टाभित्र दुई वटा रुख ढल्यो ।
शनिबार पहिलो पटक ढलेको रुखले कुनै क्षति भएन, रुखलाई काटेर हटाइयो र बाटो खुलाइयो ।
आइतबार दिउँसो रुख ढल्दा भने ३ जनाको ज्यान गयो । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई ढलेको रुखले च्याप्दा तीन जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
शनिबार र आइतबार ढलेका दुवै रुख सल्लाका हुन् । दुवै रुख जरैदेखि उखेलिएर सडकमा ढलेका थिए ।
आइतबार ढलेको रुख र त्यसको च्यापेको बस तस्वीरमा हेर्नुहोस् :
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4