
८ साउन , काठमाडौं । चीनको विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुका लागि नेपाल मेडिकल काउन्सिलले चार बुँदे निर्णय गरेको छ ।
२०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसीप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चीनका एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई नेपालमै २ वर्ष इन्टर्नसीप गर्न दिने निर्णय गरेको छ ।
एक वर्षे अनिवार्य इन्टर्नसीप नेशनल गाइडलाइन्स फर मेडिकल इन्टर्नसीप ट्रेनिङ २००७ अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम पुरा गर्नुपर्ने, इन्टर्नसीपभन्दा पहिलेको एक वर्षे अध्ययनको हकमा चार वटा प्रमुख विषयहरु मेडिसिन, सर्जरी, गाइनेअब्स र पेडियाट्रिक्स समावेश गर्नुपर्ने निर्णय भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
त्यसैगरी, विद्यार्थीहरुको अध्ययन अवधि दर प्रमाणपत्र प्राप्त गर्ने समयवधि बारेम कुनै द्धिविधा भए मेडिकल काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझेर मात्रै विद्यार्थीहरुको अपुग अध्ययन अवधि एकिन गरेर अध्ययन सुरु गर्ने र कोरोनासँग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको अध्ययन अध्यापन गर्ने विषय सम्बोधन नहुने काउन्सिलले प्रष्ट पारेको छ ।
प्रतिक्रिया 4