+
+

नेपाली बजारमा ‘लोकोन्याभ’को बिक्री सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १८:३०

काठमाडौं । नेपालको अटोमोबाइल उद्योगको अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो जसले गाडीहरुलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ ।

गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले लोकोन्याभले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्ने बताए । उनले भने, ‘यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको छ ।’

लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ताले नेपाल जस्तो आर्थिक रुपमा उदियमान बजारमा उत्कृष्ट भन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो जुन विश्वका उदियमान एवं गतिशील बजारहरुका चालक एवं गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने तर्फ केन्द्रित रहेको कम्पनीले बताएको छ । विश्वका ५० भन्दा बढी मुलुकहरुमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी सञ्चालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?