
९ साउन, काठमाडौं । साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८/०७९ (साउन २०७८-असार२०७९सम्म) मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार प्रतिवेदनअनुसार नेपालले यस अवधिमा ६ लाख ७७ हजार ३७१ लिटर विदेशी मदिरा आयातका लागि ३ अर्ब ७१ करोडको १५ लाख १६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेको छ ।
यस बापत सरकारले ५ अर्ब ५० करोड ८९ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७७/०७८ मा नेपालले २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३३८ लिटर मदिरा आयात गरेको थियो । १३ चैत २०७८देखि सरकारले रक्सी आयात रोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4