+
+

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १४:१५

९ साउन, जुम्ला । जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । तिला गाउँपालिका–४ नुवाकोट गाउँका विष्णु हमालको परिवारका पाँच जना बिरामी भएका हुन् ।

बिरामी पर्नेमा विष्णु हमाल, उनकी पत्नी सम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमालका साथै घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार हमाल परिवारले आइतबार साँझ जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए । पहिले विष्णु हमाललाई वाकवाकी लागेपछि परिवारका सबै जना आइतबार बेलुका नै उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

अहिले उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । जंगलबाट कुन प्रजातिको च्याउ ल्याएर खाए भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?