
९ साउन, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–मधेश फास्ट ट्रयाक आयोजनाको आर्थिक वर्ष ०७९–८० को कार्यतालिका माग गरेको छ ।
सोमबार बसेको समितिको बैठकले आयोजनाको लागत बढ्न नदिई निर्धारित समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गर्ने विश्वसनीय आधारसहितको कार्यतालिका तत्काल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रक्षा मन्त्रालय र फास्ट ट्रयाक आयोजनालाई निर्देशन दिएको हो । समितिले उक्त कार्ययोजना समितिमा बुझाउन पनि निर्देशन दिएको छ ।
आर्थिक वर्ष ०७८–०७९ सम्म फास्ट ट्र्याक आयोजनाको जम्मा २१.८ प्रतिशत काम सकिएको छ । आयोजनाले पूर्वनिर्धारित कार्यतालिका बमोजिम हालसम्म ठेक्का व्यवस्थापनका काम हुन नसकेको भन्दै विकास सििमतले यही अवस्थामा आयोजना निर्धारित समयमा सम्म हुनेमा विश्वस्त हुन नससकिने बताएको छ ।
हेर्नुहोस् समितिको निर्णय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4