
९ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा युवाहरुको आवाज बुलन्द हुन थालेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले काठमाडौं र धरानबाट युवाको आवाज बुलन्द हुन थालेको बताएका हुन् ।
‘…युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ’ उनले भने ।
सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको भन्दै संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4