+
+

लालबन्दीबाट दुई अर्बको तरकारी निकासी

रासस रासस
२०७९ साउन ९ गते १५:१२

९ साउन, सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० रुपैयाँको तरकारी निकासी गरेको छ ।

लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७८ साउन १ देखि विसं २०७९ को असार मसान्तसम्ममा छ करोड एक लाख ६३ हजार २५० किलो तरकारी निकासी गर्दा दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० रुपैयाँ सङ्कलन गरेको हो ।

साथै आव २०७८/७९ को अन्तिम महिना असारमा ५५ लाख ५० हजार २०० किलो तरकारी निकासी गर्दा २० करोड २३ लाख १७ हजार ५०० रुपैयाँ बराबरको तरकारी निकासी गरिएको बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा ५५ लाख ५० हजार २०० किलो तरकरीबाट १९ करोड ६४ लाख ७४ हजार २५०, भदौमा ५४ लाख ४० हजार ८०० किलोको रु २४ करोड तीन लाख ६१ हजार २५०, असोजमा २७ लाख १८ हजार ४०० किलोको १० करोड ६७ लाख २२ हजार ४५० आम्दानी भएको छ । त्यस्तै कात्तिकमा १५ लाख ४७ हजार नौ किलोको आठ करोड ६५ लाख ५५ हजार २५०, मङ्सिरमा ४७ लाख २१ हजार ९५० किलोको २५ करोड १२ लाख ३३ हजार ५०० पुसमा ६७ लाख पाँच हजार ५५० किलोको रु २८ करोड चार लाख ९७ हजार २०० रकम प्राप्त भएको छ ।

यस्तै माघमा आठ करोड ५९ लाख सात हजार ३० किलोको ३० करोड ८५ लाख ८५ हजार ६२५, फागुनमा ८१ लाख २५ हजार २०० किलोको ३४ करोड ५८ लाख ३१ हजार ७५, चैतमा ३७ लाख ६५ हजार १०० किलोको १३ करोड ८६ लाख एक हजार आम्दानी भएको छ ।

वैशाखमा ३८ लाख ४० हजार ३०० किलोको रु १८ करोड ९९ लाख ४० हजार ६३० र जेठमा ४४ लाख आठ हजार ३०० किलोको रु १० करोड ५३ लाख ५२ हजार २०० रुपैयाँ बराबरको तरकारी निकासी भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेडा, परबल, बोडी, सिमी, भण्टा, करेलालगायतका तरकारी उक्त बजारमा आउने गरेको छ । देशका सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको तरकारी थोक बजार व्यवस्थापन समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए ।

त्यसमध्ये गोलभेडा ५० प्रतिशत, परबल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र अन्य तरकारी पाँच प्रतिशत गरी कूल छ करोड एक लाख ६३ हजार २५० किलोको दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० रुपैयाँको तरकारी लालबन्दीबाट निकासी भएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?