
काठमाडौं । आलिया भट्ट स्टारर नेटफ्लिक्स फिल्म ‘डार्लिङ्स’को आधिकारिक ट्रेलर रिलिज भएको छ । सोमबार अपरान्ह सार्वजनिक भएसँगै फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङमा छ ।
जस्मित के रीनको डेब्यु निर्देशन रहेको फिल्मलाई आलियासहित गौरी खान र गौरव बर्माले निर्माण गरेका हुन् । डार्क कमेडी फिल्ममा सेफली शाह, विजय बर्मा र रोशन म्याथ्युको पनि मुख्य भूमिका छ ।
कठिन परिस्थितिका बाबजुद साहस र प्रेम खोज्दै आमा–छोरीले भारतको आर्थिक राजधानी मुम्बईमा कोठा खोज्न गरेको संघर्षलाई फिल्ममा चित्रण गरिएको छ । २ मिनेट ३४ सेकेन्ड लामो ट्रेलरमा आलिया र सेफालीले आलियाका हराएका पति खोज्न प्रहरीमा उजुरी दिएको दृश्य देख्न सकिन्छ ।
तर ट्रेलरको अन्त्यमा ट्वीस्ट पनि देख्न सकिन्छ, जहाँ आफूलाई दुर्व्यवहार गर्ने पतिविरुद्ध आलियाले लिने बदलालाई पनि देखाइएको छ । हास्य व्यंग्यमार्फत फिल्मले घरेलु हिंसाजस्तो गम्भीर विषयलाई चित्रण गरेको छ ।
आगामी अगस्ट ५ मा यो फिल्म नेटफ्लिक्समा रिलिज हुँदैछ ।
प्रतिक्रिया 4