
८ साउन, काठमाडौं । सर्वोच्च अदालतले गाई चुनाव चिह्न कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. कुमार चुडालको संयुक्त इजलासले गाई चुनाव चिह्न कुनै दललाई पनि प्रदान नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर आयोगले असार २९ गते राप्रपा नेपाललाई पत्र लेख्दै गाई चुनाव चिह्न दिन नमिल्ने जानकारी गराएको थियो ।
निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध राप्रपा नेपालले सर्वोच्चमा रिट दिएको थियो ।
सर्वोच्चले यो विवाद चाँडै निरुपण गर्नुपर्ने देखिएको भन्दै म्याद थाम्न र सुनुवाइ स्थगित गर्न नपाउने गरी एक हप्ताभित्रै पूर्ण सुनुवाईमा पेश गर्न आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4