+
+

एनएलजी इन्स्योरेन्सको बीमा पोलिसी विद्युतीय प्लेटफर्ममा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १८:४५

काठमाडौं । ओएसआर फिन्टेकले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमा पोलिसीहरुका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउने भएको छ । ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रुपमा एनलएलजीको बीमा पोलिसीका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बीमा ब्रोकरको रुपमा कम्पनीको पोलिसीको मार्केटिङ गर्ने सहमति भएको जनाएको छ ।

सम्झौतामा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र ओएसआर फिन्टेकका अध्यक्ष राजेन्द्र अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एग्रेगेटर सेवाका लागि फिन्टेकले बीमा मार्केट डट कम नामको वेबसाइट सुरु गर्ने जनाएको छ ।

ओएसआर फिन्टेक नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर रहेको जनाएको छ । उक्त प्लेफर्मको माध्यमबाट ग्राहकले हरेक बीमालेखको विस्तृत विवरण बुझ्न सक्नुका साथै रियल टाइम बीमा दाबी सुविधा समेत उपलब्ध हुने जनाएको छ । साथै बीमाका विषयमा बुझ्न खोज्ने व्यक्तिका लागि सातै दिन २४ सै घन्टा कल सेन्टरको व्यवस्था गरेको जनाएको छ । कम्पनीले लघुबीमालाई समेत लक्ष्य बनाएको उल्लेख गरेको छ ।

एग्रेगेटरले एनएलजीलाई एपीआई लिंक गर्दै रियल टाइम बाइङ सलुसन प्रदान गर्नेछ । त्यसैगरी एलजीका पोलिसीहरुको खरिदबिक्रीको समीक्षाका लागि डेडिकेटेड पोर्टल उपलब्ध गराउने सम्झौतामा उल्लेख रहेको कम्पनीले जनाएको छ ।

ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरणसम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बीमा दाबी र एलएलजीका पोलिसी खरिदमा सहयोग पनि गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?