
काठमाडौं । बनेपाका उमेश मानन्धर नेपालकै उत्कृष्ट मेकानिक घोषित भएका छन् ।
सिप्रदी अटोपार्टस् प्रालि र टाटा मोटर्स् लिमिटडले आयोजना गरेको मेकानिकहरुको सीप र क्षमताको प्रतिस्पर्धामा मानन्धर उत्कृष्ट बन्न सफल भएका हुन् ।
प्रतिस्पर्धामा बुटवलका अम्बर गुरुङ दोस्रो र काठमाडौंका डेम लामा तेस्रो भएका छन् ।
प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र दाश्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।
टाटा मोटर्स्का सवारी साधनहरुलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसंभार सहज रुपमा प्राप्त होस् भन्ने उदेश्यले स्थानीय मेकानिक्सहरुसँग सहकार्यका विभिन्न कार्यहरु अगाडि बढाइएको छ । जसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम रहेको र तिनै टाटा गुरुहरुलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धी गराउँदै पनि आएको कम्पनीको भनाइ छ ।
बजारमा रहेका टाटा गुरुहरुको क्षमताको परीक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँको पहिचान गर्नका निमित्त प्रतिष्पर्धा आयोजना गरिएको कम्पनीले जनाएको छ ।
सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले यस प्रतिष्पर्धालाई टाटा गुरुहरुको क्षमताको प्रतिष्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र राखिएको बताए ।
यस प्रतिष्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पठाइने कुरा उनी बताउँछन् ।
३०० भन्दा बढी मेकानिक्सहरुको सहभागीता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरु पुरस्कृत भएका छन् ।
चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सबै टाटा गुरुहरुको क्षमता अभिवृद्धीको जिम्मेवारी सिप्रदीले लिने बताएका थिए ।
कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्सका तर्फबाट इन्टरनेशनल विजनेस हेड निलकुमार मिश्रले उत्कृष्ट बन्न सफल तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सफलताका लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा सहभागी मेकानिक्सहरुले टाटा मोटर्स्ले आफूहरुलाई उचित सम्मानका साथ सहकार्यको प्रतिबद्धता गरेकोमा धेरै खुसी रहेको बताएका थिए ।
प्रतिष्पर्धामा देशभरका १ हजार २०० भन्दा बढी मेकानिकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4