
९ साउन, जनकपुरधाम । सर्लाही प्रहरीले शंका लागेको आधारमा पिछा गर्दै जाँदा पिकअप गाडीबाट लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले पिछा गरेको देखेपछि चालक भागेका छन् ।
लालबन्दी नगरपालिका १६ मा प्रहरी गस्ती टोलीले बा ६ च ८६६६ नम्बरको पिकअप गाडीलाई शंकास्पद अवस्थामा रानीगञ्जतर्फ जाँदै गरेको अवस्थामा देखेपछि पिछा गरेको थियो ।
प्रहरीले पिछा गरेको देखेपछि मिलन चोकस्थित जंगल नजिकै गाडी छाडेर चालक भागेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।
उनका अनुसार गाडी जाँज गर्दा पछाडी भागमा फल्स बटनमा लुकाई राखेको ४५ किलो गाँजा बरामद भएको छ । ५ वटा पोका बनाएर राखिएको अवस्थामा गाँजा बराद भएको भन्दै उनले फरार भएका चालकको खोजी तथा अन्य अनुसन्धान भइरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4