
फाइल तस्वीर
१० साउन, काठमाडौं । पशुपति क्षेत्रको खाली जग्गामा ‘एक भक्त एक वृक्षरोपण’ कार्यक्रम सुरु हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले मंगलबार एक सूचना प्रकाशित गर्दै १२ साउन (बिहीबार) साढे ७ बजेदेखि यस्तो कार्यक्रम शुभारम्भ हुने जनाएको हो ।
कोषले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई समेटेको थियो । कोषका अनुसार बोट विरुवा कोषले उपलब्ध गराउने भएको छ । ट्री गार्ड भने भक्त स्वयंले उपलब्ध गराई विरुवा रोप्नु पर्नेछ । ट्री गार्डको लम्बाई ५ फिट र गोलाई १.५ फिटको हुनुपर्ने छ । त्यस्तो ट्री गार्डमा भक्तको नाम लेखिने भएको छ । ट्री गार्ड उपलब्ध गराउन नसक्ने भक्तजनले त्यसवापत ५ हजार रुपैयाँ कोषमा जम्मा समेत गर्न सक्ने कोषले जनाएको छ । बोट विरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा भने कोषले लिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4