
१० साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट १ हजार दरका ६ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका वडा नं.३ बस्ने बिटु द्वुवेदी रहेका छन् ।
प्रहरीले विशेष सूचनाको आधारमा साउन ८ गते साँझ ५ बजे वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका– ११ श्रीपुरटोल स्थित सडकखण्डबाट उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरका ६ थान नक्कली नोट बरामद भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए ।
पक्राउ परेका उनीमाथि मुद्रा सम्बन्धी कसूरमा साउन ९ गते पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4