
काठमाडौं । खल्ती एपले एसईईकोे नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँगसहकार्य गरेको छ । यस सहकार्यसँगै अब एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थी र अभिभावकहरुले सजिलै र निःशुल्क रुपमा खल्ती एपमार्फत् नतिजा हेर्न सक्नेछन् ।
नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा गई एसईई रिजल्टमा ट्याप गरी आफ्नो सिम्बोल नम्बर र जन्म मिति राख्नुपर्नेछ । राखिएको सबै विवरण ठिक भएमा ‘एसईई’को नतिजा तुरुन्तै उपलब्ध हुनेछ र यसरी खल्तीबाट नतिजा हेर्ने कुनै पनि शुल्क लाग्ने छैन ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का प्रविधिको प्रयोगबाट सहजढंगले नतिजा हेर्न पाउनुलाई ठूलो रूपान्तरण भएको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4