
काठमाडौं । मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो ।
यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख ६० हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । साथै मोरू वालेट प्रयोगकर्ताले हाल बीग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’ प्रयोग गरी भुक्तानी गरेमा १५ प्रतिशत वा ३०० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4