१० साउन, काठमाडौं । नेपाल प्रहरीको विधि बिज्ञान प्रयोगशालाले रिकभर गरि पठाएको सीसीटीभी फुटेज प्रष्ट नदेखिने र एक दुई सेकेन्डका क्लिपका भएपछि छनबिन समितिका सदस्यहरुले विज्ञलाई बोलाए । फरेन्सिक विज्ञको रुपमा दुई जना प्रहरी अधिकृत संसदीय छानबिन विषेश समितिको बैठकमा आएका थिए ।
फरेन्सिक विज्ञलाई सांसदले सोधे, ‘भिडियो क्वालिटी किन यस्तो ? मुभीमा जस्तो सरर देखिने हुन्न ?’
रिकभर भएको सीसीटीभी फुटेजमा डेट पनि नबुझिएको र फुटेजका ५१ वटा क्लिप बनाएर पठाएकोमा पनि सांसदहरुको प्रश्न थियो ।
जवाफमा विज्ञद्वयले रिकभर हुनु ठुलो कुरा भएको बताए । प्राविधिक विषय, सिस्टम चेक धेरै ठाउँ भएको लगायतका कारणले क्वालिटीको रिकभर गर्न नसकिएको स्वीकार गरे । आफूहरुले सक्दो प्रयास गरेर पठाएको उनीहरुको जवाफ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4