
काठमाडौं । खल्तीले सञ्चालन गरेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरमा ५ लाख भन्दा बढी प्रयोगकर्ताले सहभागी जनाएका छन् । जसबाट १ करोड भन्दा बढी संख्यामा कारोबार भएको खल्तीले जनाएको छ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि गत १२ जेठदेखि ३२ असार २०७९ सम्म यो अफर सञ्चालन गरेको थियो ।
डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उदेश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूका लागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ । यही शैली जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा यो अफर आयोजना गरेको थियो । यो अफर अन्तर्गत् खल्ती प्रयोगकर्ताहरूले क्यासब्याक तथा थुप्रै उपहार प्राप्त गरेका थिए ।
हरेक दिन १ बजेदेखि सुरु हुने फायरसेल अन्तर्गत २ लाख भन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका थिए । जसमा ५० प्रतिशतसम्म क्यासब्याक प्रदान गरिएको थियो ।
यो अफर अन्तर्गत लकी ड्र मार्फत तीन जना भाग्यशाली ग्राहकले तीन वटा ‘बजाज पल्सर एनएस १६० एबीएस’ जितेका छन् । यसैगरी यो अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप ७ वटा इलभ एगिकको ४३ इन्चको स्मार्ट टीभी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट रू. १ मा, ५२ वटा स्मार्ट ब्यान्ड प्राप्त गरेको खल्तीले जनाएको छ ।
प्रतिक्रिया 4