
११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । त्यस्तै एक कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले ९ साउनमा इस्टन हाइड्रोवार कम्पनी र १० साउनमा खप्तड लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो ।
इस्टन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि समेत गरी प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले सार्वजनिक निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेर आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ ।
यस्तै खप्तड लघुवित्तले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले सार्वजनिक निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेर प्रक्रिया अगाडि बढाएको छ ।
यस्तै बोर्डले राधी जलविद्युत् कम्पनीलाई पनि १ः१.४७५२ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिदएको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेर हकप्रद निष्कासन प्रक्रिया अगाडि बढाएको छ ।
प्रतिक्रिया 4