
११ साउन, काठमाडौं । मंगलबार उच्च अंकले घटेको सेयर बजार नेप्सेमा बुधबार दोहोरो अंकको ‘कमब्याक’ भएको छ । बुधबार २३.८३ अंकले बढेको बजार २१११.९९ बिन्दुमा पुगेर रोकियो ।
व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको छ । यसमा पनि सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाए । बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ वटा कारोबारबाट ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच भएको छ । यसबाट ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार जानकी फाइनान्स, यूनाइटेड मोदी हाइड्रो र राष्ट्रउत्थान लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेष्डो लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, यूनिभर्सल पावर, यूनियन हाइड्रोपावरसमेत धेरै बढ्ने कम्पनीमा रहे । डिभेन्चरहरुको मूल्य भने धेरैको घटेको छ । बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4