
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको एक वर्ष पूरा भएको छ । टाटा मोटर्स्द्वारा निर्मित विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले नेक्सन ईभी नेपालमा भित्र्याएको सिप्रदीले जनाएको छ ।
कम्पनीकाअनुसार एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित भएको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन ईभी एक्लैले ओगटेको छ ।
आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता आदिका कारण यसको लोकप्रियता बढ्दै गएको कम्पनीको दावी छ । द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषता रहेको यो गाडीका लागि “फास्ट चार्जिङ्ग“ र “स्लो चार्जिङ्ग“ दुवै चर्जिङ्ग स्टेसनको वृहत सञ्जाल एवं अत्याधुनिक सुविधा विस्तार गरिएका कारण पनि नेक्सन ईभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सफल भएको कम्पनीको भनाइ छ ।
यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट ईभी चर्जिङ एप ‘इजी’ मार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरुले गरिरहेको कम्पनीको भनाइ छ ।
दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन ईभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ । यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल रहेको छ भने यसले हालसम्म होटल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ ।
प्रतिक्रिया 4