
११ साउन, दाङ । सल्यानको कुपिण्डे दहमा टिकटक बनाउनेक्रममा डुबेका युवकको २४ घण्टापछि शव निकालिएको छ ।
टिकटक बनाउनेक्रममा मंगलबार दिउँसो साढे १२ बजेतिर डुंगाबाट खसेका कपुरकोट गाउँपालिका–६ सिनवाङका ३६ वर्षका बेदबहादुर बस्नेतको शव बुधबार दिउँसो साढे १२ बजेतिर निकालिएको हो ।
सुर्खेतबाट गोताखोरको टोली बोलाएर उनको शव निकालीएको हो । शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टमा लागि लगिएको छ । शवको पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी सुमित खड्काले बताए ।
बस्नेत केही समयअघिमात्रै विदेशबाट फर्केर परिवारसँग घुम्न गएका थिए । बस्नेतको परिवार सल्यान घर भएपनि उनी दाङको तुलसीपर-६ मा बस्दै आएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4